आइतबार, वैशाख २७, २०८३

चिसोले मुगुमा पहिरोबाट बिस्थापितको बिचल्ली

बाढीपहिरोबाट विस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

मुगु- चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरो पीडितको बिचल्ली भएको छ। गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्। 

National life

बाढीपहिरोबाट विस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन्। ‘चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था छैन’, पीडित शेरसिंह भर्गीले भने, ‘गाउँमा घर पहिरोले पुरियो, अब बस्न कता जाने होला।’

त्रिपालभित्रको बसाइँ कष्टकर बनेको पीडित परिवारले बताएका छन्। बाढी पहिरोबाट झयारी, सिगाडी, घुइर, तल्लो सालिमलगायत बस्तीमा ठूलो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका छन्। बाढी प्रभावित क्षेत्रका बान्दिालाई सरकारले राहत र पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरुले बताएका छन्। 

‘जाडोले बिरामी परिने डर छ, बालबालिकालाई जोगाउन गाह्रो भएको छ’, त्रिपालमुनि बस्दै आएकी बालिकन्या बोहराले भनिन्, ‘न्यानो कपडा समेत छैन, कहिँकतैबाट सहयोग पाइएको छैन।’  चिसो मौसम सुरुभएसँगै सालीमका ६२ परिवार सबैभन्दा बढी समस्यामा छन्।

छायाँनाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन्। स्थानीयमा आखाँ पाक्ने, पेट दुःख्ने, टाउँको दुःख्नेलगायत समस्या देखा परेको स्थानीय बेलधरा कुमाइले बताइन्। 

असोजमा गएको पहिरोका कारण छायाँनाथ रारा नगरपालिका साथै सोरु र खत्याड गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीय बिस्थापित भएका थिए। विद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानीयले बताएका छन्। पहिरोमा पुरिएर सालिमा गाउँका आठ जनाको ज्यान गएको थियो। नवनिर्वाचित सङ्घीय सांसद ऐनबहादुर शाही र प्रदेशसभा सदस्य जितबहादुर मल्लले पहिरोबाट विस्थापित परिवारको राहत तथा पुनःस्थापानका लागि पहल गर्ने बताएका छन्।  -रासस

प्रकाशित: Dec 03, 2022| 19:00 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।