आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी

पालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी

अहिले महानगर तथा उपहानगरमा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी वहन गरिरहेका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं– सरकारले गाउँपालिकामा उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाउने तयारी थालेको छ। हाल सबै गाउँपालिकामा शाखा अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुखको जिम्मेवारीमा छन्। 

National life

महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्य जिम्मेवारी तोकेकााले पालिकामा उपसचिव स्तरको कर्मचारी राख्ने प्रक्रिया अगाडि बढाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको हो।

अहिले महानगर तथा उपहानगरमा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी वहन गरिरहेका छन्। सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिव स्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन भएको थिएन। 

राष्ट्रिय सभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई सिफारिस गरेको  प्रतिवेदनमा पनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव स्तरको हुनुपर्ने उल्लेख छ। 

मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले मन्त्रालयलाई परिपत्र गरेसँगै प्रतिवेदनमा उल्लिखित विषय क्रमिक रूपमा कार्यान्वयन हुँदै जाने बताए। 

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेल पालिकाका नागरिकलाई गाउँपालिका पनि स्थानीय सरकार भएको अनुभूति दिलाउने गरी काम गर्न सबै गाउँपालिकामा उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत आवश्यक भएको बताउँछन्।

प्रकाशित: Dec 03, 2022| 11:30 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।