आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने तीन जना पक्राउ

लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने तीन जना पक्राउ

लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

 काठमाडौं- लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहत घर भइ हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो।

National life

लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्ट, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित पक्राउ गरिएको हो।

उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिएको छ।

प्रहरीले उनीहरुको साथबाट शिवको मूर्ति एक थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको एक थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान बरामद गरिएको जनाएको छ।

ढलटको सानो पाला ६३ थान, घण्ट १० थान, फुटाएको घण्ट ६ थान, पानस दुई थान, सात वटा बत्ती भएको पानस दुई थान, चरेसका थाली दुई थान, ढलोटका लोटा एक थान, चरेसका कचौरा दुई थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकारका सामग्री बरामद गरिएको जनाएको छ।

प्रकाशित: Dec 03, 2022| 08:04 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।