आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न महानगरको आग्रह

वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि आग्रह गरेको छ।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि आग्रह गरेको छ। वायु प्रदूषणका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भएकाले प्रदूषण रोकथाम गर्नु महानगरले आग्रह गरेको हो।

National life

काठमाडौं उपत्यकामा यातायातका साधनले उत्सर्जन गर्ने धुँवा, सडक तथा अन्य निर्माण कार्य सम्पन्न हुँदा निस्कने धुलोका कणहरू, उद्योग, कलकारखानाहरूबाट निस्कासन हुने धुँवा तथा धुलोहरू र खुला रूपमा जलाइने प्लास्टिकजन्य फोहोरमैलाबाट निष्किने धुँवाले वायु प्रदूषण बढेको महानगरले जनाएको छ। 

वायु प्रदूषण रोकथाम तथा नियन्त्रण र वायु प्रदूषणबाट हुने जोखिम न्यूनीकरणका लागि नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गर्नुपर्ने, सवारी साधन प्रचलित प्रदूषण मापदण्ड भित्र रहेर चलाउने, खुला रूपमा आगो बाल्न नहुने महानगरले जनाएको छ। 

प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर मैला नवाल्न, निर्माणजन्य सामाग्री सडक तथा फुटपाथमा नथुपार्न, निर्माणजन्य सामग्री ढुवानी गर्दा लोड, अनलोड गर्दा धुँवा धुलो निष्काशन नगर्ने, उद्योग, कलकारखानाहरूले सरकारले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्ड भित्र रहेर मात्र कार्य गर्नुपर्नेमा महानगरको जोड छ। 

उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्न पनि महानगरले आग्रह गरेको छ।

प्रकाशित: Dec 03, 2022| 07:22 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।