बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उकेराको समाचार डिलिट गर्नेलाई कारबाही गर्न अनलाइन पत्रकार संघको माग

उकेराको समाचार डिलिट गर्नेलाई कारबाही गर्न अनलाइन पत्रकार संघको माग

अनलाइन पत्रकार सङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा अनधिकृत प्रवेश गरी प्रकाशित सामग्री हटाउने कामको विरोध गर्दै त्यसमा संलग्नमाथि कारबाहीको माग गरेको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

vianetvianet

अनलाइन पत्रकार सङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा अनधिकृत प्रवेश गरी प्रकाशित सामग्री हटाउने कामको विरोध गर्दै त्यसमा संलग्नमाथि कारबाहीको माग गरेको छ।

Kumaribank

उकेराको सिएमएसमा अनधिकृत प्रवेश गरेर सुप्रिम सहकारी आर्थिक सङ्कटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादसहितका पाँच सामाग्री डिलिट भएको थियो।

लामिछानेको नागरिकता र राहदानीको विवादबारे उकेरा डटकममा प्रकाशित समाचारबारे उकेराका प्रधान सम्पादक केपी ढुंगानालाई सामाजिक सञ्जालबाट निरन्तर थ्रेट आइरहेकोप्रति समेत सङ्घले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ।

‘प्रकाशित समाचारबारे कसैको चित्त नबुझेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै सो प्रक्रिया अवलम्बन नगरी मिडिया र पत्रकारको सुरक्षा चुनौती बढाउने कार्य निन्दनीय छ, सङ्घ यस घटनाको भर्त्सना गर्दै छानबिन गरी दोषीमाथि कारबाही र पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ,’ सङ्घका अध्यक्ष डिल्ली सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उकेराको सञ्चालक पाथसिड नेपाल प्रालिले विज्ञप्ति जारी गर्दै सर्भरमा पटक पटक आक्रमण गरिएको र समाचार हटाइएको उल्लेख गरेको छ।

Metro Mart

अनलाइनका प्रधान सम्पादक केपी ढुंगानाले रवि लामिछानेको नागरिकता र पासपोर्ट प्रकरणसँग सम्बन्धित दुइटा, उपराष्ट्रपतिका छोरा दिपेश पुनको सहकारीसँग सम्बन्धित समाचार मेटाइएको बताए।

ढुंगानाले साइबर आक्रमण सुनियोजित नदेखियोस् भनेर अन्य केही कन्टेन्टमा समेत अनधिकृत रूपमा परिवर्तन गरिएको हुन सक्ने बताएका छन्। ढुंगानाले उकेरामाथि भएको साइबर आक्रमणबारे नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गर्ने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित: Dec 02, 2022| 22:02 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।