आइतबार, वैशाख २७, २०८३

झोलुंगे माग्दा बित्यो १५ वर्ष

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–४ र ११ मा पर्ने सिउरेनी खोला आउजाउ गर्न झोलुंके पुल निर्माणका लागि स्थानीय माग गर्दै आए पनि अहिलेसम्म बनेन।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

जाजरकोट– झोलुंगे पुल माग गर्न थालेको १५ वर्ष बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन। तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीय रेशमबहादुर खड्काले बताए। 

National life

लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ। खोला पार गर्न खोज्दा २०७५ मा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईको मृत्यु भएको थियो। यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काले बताए। 

‘२०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो। त्यसपछि सांसदलाई पनि पुलका लागि जानकारी गराएका थियौं’, उनले भने, ‘गाउँपालिकाले ६ वर्षदेखि निरन्तर नीति कार्यक्रममा यसलाई समेटेको छ तर कार्यान्वयन भएको छैन।’

खोलामा पुल नहुँदा बर्खाको समय स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोदकुमार शाहीले बताए। उनले भने, ‘पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै एक घन्टा बढी हिँड्नुपर्छ। बाटो अप्ठरो भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन्।’

व्यापारी पदमबहादुर बुढा पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको बताउँछन्। खोलामा पानीको वहाव बढी भएको समय सामान नै ढुवानी गर्न नसकिने उनको भनाइ छ।–रासस

प्रकाशित: Dec 02, 2022| 16:06 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।