आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिनका लागि पत्र पठाएपछि प्रहरीले अनुसन्धान थालेको हो।

National life

उनको नागरिकताविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। तर मतदान सम्पन्न भइसकेका कारण आयोगले कुनै एक्सन लिएन। त्यसपछि उनीविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि गृहले छानबिनका लागि काठमाडौं प्रशासनलाई पत्र लेखेको थियो। प्रशासनको पत्र प्राप्त भएपछि यसबारेमा अनुसन्धान सुरु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।

रविविरुद्ध अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता खारेज नगरेको आरोप लागेको छ। उक्त विवादपछि रविले अमेरिकी नागरिकता त्यागेका थिए। तर अमेरिकी नागरिकता त्यागेपछि नयाँ नागरिकता नलिएको र पुरानै नागरिकता प्रयोग गरेको आरोप उनीमाथि छ। यसैगरी अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप उनीमाथि छ। यसबारे उकेरा अनलाइनमा केपी ढुंगानाले समाचार लेखेपछि विवाद सतहमा आएको हो।

रविले २०५० सालमा जारी भएको पुरानै नागरिकता प्रयोग गरिरहेको आरोप छ।

प्रकाशित: Dec 02, 2022| 15:13 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।