आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं महानगरको निर्णय, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेबाटै क्षतिपूर्ति असुलिने

काठमाडौं महानगरको निर्णय, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेबाटै क्षतिपूर्ति असुलिने

महानगरभित्रका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरकै भएकाले कुनै पनि संघ–संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जोकसैलाई सरकारी सम्पत्तिको नोक्सानी गर्न निषेध।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– काठमाडौं महानगरले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेबाटै क्षतिपूर्ति असुल्ने भएको छ। ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानिनोक्सानी गरे क्षति पुर्‍याए वा नष्ट गरे सम्बद्ध पक्षबाट कानुनबमोजिम कारबाही एवं हानि–नोक्सानीबापतको क्षतिपूर्तिसमेत गराइनेछ’ महानगरको सूचनामा उल्लेख छ।

National life

काठमाडौं महानगरभित्रका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको भएकाले कुनै पनि संघ–संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जोकसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको सूचनामा भनिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको छ। 

उक्त ऐनको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मतसम्भार तथा संरक्षण गर्ने कानुनी दायित्वसमेत स्थानीय तहलाई तोकेको छ।

प्रकाशित: Dec 02, 2022| 14:15 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।