काठमाडौं- कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह 'एफ'मा भएको अन्तिम खेलमा कमजोर प्रदर्शनका कारण समूहचरणबाटै बाहिरिएपछि वेल्जियमका प्रशिक्षक रोवेर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन्।
विश्वकप अन्तर्गत समूह 'एफ' मा वेल्जियम क्रोएसियासंग गोलरहित बराबरीमा रोकिएको थियो।
जित्नैपर्ने दबाबको खेलमा बराबरी मात्रै खेलेको वेल्जीयम समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो। टिमलाई राम्रो नतिजाका कारण आफूले टिम छाडेको उनी बताउछन्।
उनले आफ्नो नेतृत्वमा वेल्जीयमलाई करिब तीन वर्ष फिफा र्याङकिङको शिर्ष दुईमा राखेका थिए।