बिहीबार, भदौ १२, २०८२

महाकाली सिँचाइ आयोजना : पानी ल्याउने विषय अन्योल

महाकाली सिंचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन।
 |  शुक्रबार, मंसिर १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

vianetvianet

महेन्द्रनगर- महाकाली सिंचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए  नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन। गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो।  

Kumaribank

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजना तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ। महाकाली सिंचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसित कुराकानी नभएको बताए।

उनले हाल निर्माणाधीन मूलनहरको केही स्थानमा प्राविधिक समस्या देखिएकोले सो विषयमा आयोजनाको ध्यान दिएको जानकारी दिए। 

'गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरो भएको छैन' उनले भने,'पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो छैन।'

विसं २०६४ देखि सुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूलनहर निर्माण भएको थियो । पछिल्लो समय आयोजनाले गति लिएको इञ्जिनीयर पण्डितको भनाइ छ। २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो।

Metro Mart

एक सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ।

तेस्रो पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ। आयोजना अघि बढाउनका लागि हाल एक अर्ब २४ करोड रकम विनियोजित छ। त्यसैगरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनीयर पण्डितले जानकारी दिए।    -रासस

प्रकाशित: Dec 02, 2022| 09:22 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।