कावासोती- नवलपुरको हुप्सेकोट गाउँपालिका-५ स्थित कान्छी पानी भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दलदलेबाट डेडगाउँ जाँदै गर्दा ग.प्र ०७ ००१ ज ०००६ नम्बरको बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खसेर दलदलेबाट डेडगाउँ जाँदै गर्दा धोबादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो।
बिहीबार साँझ भएको दुर्घटनामा परेर मृत्यु हुनेमा बुलिङटार ६ का होमबहादुर रानाभाट, बुलिङटार ५ कि मनसुभा बराल, बौदीकाली-२ कि केसरी दराई र ठेगान नखुलेका यामबहादुर ठाडा रहेको प्रमुख तिवारीले जानकारी दिए।
त्यसै गरि दुर्घटनामा घाइते भएका जिप चालक दुर्गा बहादुर बिरकट्टा, फुलमाया कुमाल, सुनिता रानाभाट, निश्छल रानाभाट खेमचन्द्र दराई,सिजन दराई, सुना सुनार र उत्तम खत्रीलाई उपचारको लागि अस्पताल पठाइएको र सामान्य घाइते धनजित नेपाली र देवबहादुर नेपालीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको तिवारीले बताए।