शनिबार, चैत ११, २०७९

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा इटालीका मजदुरको कथा

मानिसलाई मानवीय रूपमा नभई उपकरणको रूपमा मात्र लिने औद्योगिक मालिकको प्रवृत्तिलाई नाटकमा उतारिएको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को सातौं दिन बिहीबार इटालीका मजदुरको कथा मञ्चन गरिएको छ। इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा बोल्छ।

National life insurance

उत्तरआधुनिक परिवेशमा एउटा मानिस मेकानिकभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ। तब मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ। मानिसलाई मानवीय रूपमा नभई उपकरणको रूपमा मात्र लिने औद्योगिक मालिकको प्रवृत्तिलाई नाटकमा उतारिएको छ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदै छ। त्यस्तै, सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ। साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धित र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ।

बिहीबारै कचहरी नाटक र क्लाउन नाटकसम्बन्धी कार्यशाला पनि सञ्चालन हुँदै छ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र प्रदर्शन गरिनेछ।

बुधबार के–के भए?

worldlink

महोत्सवको छैटौं दिन बुधबार भारतको इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिबरेसन’ र श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएका थिए। पहिलो नाटक छाया र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको थियो भने दोस्रो लोक तथा सांगीतिक शैलीमा प्रस्तुत भएको थियो।

महोत्सवमा नारायण वाग्लेको उपन्यासमा आधारित सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटक ‘पल्पसा क्याफे’को विमोचन भएको थियो भने ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ?’ शीर्षकमा प्यानल डिसकसन गरियो। हुम बिसी र माधव त्रिपाठीको नेपाली लोकबाजाको सांगीतिक प्रस्तुतिसहित छैटौं दिनको कार्यक्रम समापन गरिएको थियो।

प्रकाशित: Dec 01, 2022| 12:18. 31 बिहीबार, मंसिर १५, २०७९

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ।