बुधबार, असार १०, २०८३

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा इटालीका मजदुरको कथा

मानिसलाई मानवीय रूपमा नभई उपकरणको रूपमा मात्र लिने औद्योगिक मालिकको प्रवृत्तिलाई नाटकमा उतारिएको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को सातौं दिन बिहीबार इटालीका मजदुरको कथा मञ्चन गरिएको छ। इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा बोल्छ।

National life

उत्तरआधुनिक परिवेशमा एउटा मानिस मेकानिकभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ। तब मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ। मानिसलाई मानवीय रूपमा नभई उपकरणको रूपमा मात्र लिने औद्योगिक मालिकको प्रवृत्तिलाई नाटकमा उतारिएको छ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदै छ। त्यस्तै, सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ। साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धित र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ।

बिहीबारै कचहरी नाटक र क्लाउन नाटकसम्बन्धी कार्यशाला पनि सञ्चालन हुँदै छ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र प्रदर्शन गरिनेछ।

बुधबार के–के भए?

Shivam cement

महोत्सवको छैटौं दिन बुधबार भारतको इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिबरेसन’ र श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएका थिए। पहिलो नाटक छाया र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको थियो भने दोस्रो लोक तथा सांगीतिक शैलीमा प्रस्तुत भएको थियो।

महोत्सवमा नारायण वाग्लेको उपन्यासमा आधारित सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटक ‘पल्पसा क्याफे’को विमोचन भएको थियो भने ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ?’ शीर्षकमा प्यानल डिसकसन गरियो। हुम बिसी र माधव त्रिपाठीको नेपाली लोकबाजाको सांगीतिक प्रस्तुतिसहित छैटौं दिनको कार्यक्रम समापन गरिएको थियो।

प्रकाशित: Dec 01, 2022| 12:18 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।