आइतबार, मंसिर २८, २०८२

सप्तरीको सुरुंगा मधेशकै पहिलो बालविवाहमुक्त नगर घोषणा

सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले आज एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

सुरुंगा- सप्तरी जिल्लाको सुरुंगा नगरपालिका मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ। मधेश प्रदेशमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाका सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो।

National life

सप्तरीको मात्र नभई मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन्। वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको थियो।

सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले आज एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे।

सुरुङ्गा नगरपालिकाको आयोजना भएको घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाहमुक्त नगरपालिका घोषणाको प्रतिवेदन प्रस्तुत गरेका थीए। प्रस्तुत गरिएको प्रतिवेदनमा नगरको ११ वटै वडामा बालविवाहमुक्त वडा घोषणा गर्ने १४ वटा सूचक पूरा गरेपछि घोषणा गरिएको अधिकृत शर्माले बताए। 

प्रतिवेदनअनुसार विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म वडा नम्बर १ देखि ११ सम्ममा ३३५ विवाह भएको थियो। जसमा १८ वर्षमुनिको एउटा विवाह तथा २० वर्षमुनिका १८ वटा विवाह भएको सूचकअनुसार ५ प्रतिशत मात्र बालविवाह देखिएकाले ९० प्रतिशत सूचक पूरा गरेको भन्दै घोषणा गरिएको प्रशासकीय अधिकृत गजेन्द्रनाथ सिंहले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

सुरुङ्गा नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराइएको छ। बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अवलम्बन गर्नेसहितका सूचक पूरा गरेपछि बालविवाहमुक्त घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले बताइन्। 

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य अनिरूद्धप्रसाद सिंह यादव, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, पूर्वनगर प्रमुख मुक्तिनाथ चौधरी, जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, सवल नेपालका अध्यक्ष जुना गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यसअघि २०७६ साल भदौ २० गते मधेस प्रदेशको पहिलो तथा नेपालको तेस्रो बालमैत्री नगरपालिका घोषणा भएको थियो। 

प्रकाशित: Nov 30, 2022| 21:45 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।