शुक्रबार, साउन ८, २०८३

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

उच्च रक्तश्राव भएपछि बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको हो।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

दिपायल– दिपायल डोटीकी एक सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उच्च रक्तश्राव भएपछि बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वरकी २७ वर्षीया अमृतादेवी बोहराको बुधबार हेलिकोप्टरबाट उद्धार गरिएको बडिकेदार ५ नम्बर वडासदस्य भीमबहादुर बोहराले बताए।

सोमबार साँझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाइ लाना रन्तोलामा लगिएको थियो। उच्च रक्तश्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई लक्षित गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न समयमा हेलिकोप्टरमार्फत उद्धार गरिँदै आएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।–रासस

प्रकाशित: Nov 30, 2022| 17:01 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।