सोमबार, वैशाख २८, २०८३

काठमाडौंसहित देशका विभिन्न स्थानमा चार जना मृत फेला

देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। काठमाडौं, नागर्जुन नगरपालिका-६ नागार्जुन कोटादेवी मन्दिरस्थित भिरमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। काठमाडौं, नागर्जुन नगरपालिका-६ नागार्जुन कोटादेवी मन्दिरस्थित भिरमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

National life

महोत्तरी, महोत्तरी गाउँपालिका-१ पर्सास्थित कुटि पोखरीमा सोही ठाउँ बस्ने ८० वर्षीय चन्दो कापर मंगलबार मृत अवस्थामा फेला परेका छन्।

झापा, शिवसताक्षी नगपरपालिका-१० कन्काई माईखोलामा कमल गाउँपालिका-४ बस्ने ७४ वर्षीया मनमया राई मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

दाङ, घोराही उपमहानगरपालिका-१८ जलुके टोल बस्ने ५० वर्षीय भिम बहादुर राना आफ्नै घर नजिकको पानीको कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन्। यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Nov 30, 2022| 14:04 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।