सोमबार, वैशाख २८, २०८३

जबरजस्ती करणी आरोपमा ओखलढुङ‍्गाबाट एकजना पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुङ‍्गाबाट एक जनालाउ पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

National life

ओखलढुङ‍्गा- २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुङ‍्गाबाट एक जनालाउ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वा रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ। 

अरूणले ती महिलालाई ओखलढुङ‍्गा सिद्धिचरण नगरपालिका-११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 30, 2022| 14:00 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।