आइतबार, वैशाख १६, २०८१

मेस्सी र लेवान्डोस्कीमध्ये आज एकको हुनेछ विश्वकपबाट बिदाइ

युरोपियन लिगका ठूलो यी दुई स्टारलाई धेरैले विश्वकपको अघिल्लो चरणमा पनि देख्न चाहेका छन्। तर अब त्यो सम्भव छैन। उनीहरूलाई यसकारण पनि यो विश्वकप महत्त्वपूर्ण छ कि अब अर्को विश्वकपमा यी दुवै खेलाडी सम्भवतः देखिने छैनन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- प्लेमेकर लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी फुटबल टिमले आज रोबर्ट लेवान्डोस्कीको टिम पोल्यान्डसँग समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ।

triton college

कतार विश्वकप समूह सीअन्तर्गतको खेलमा शीर्षस्थानमा रहेको पोल्यान्डले दोस्रो स्थानको अर्जेन्टिनाको सामना गर्न लागेको हो।

अहिलेको समीकरण हेर्ने हो भने यी दुवैका लागि अघिल्लो चरणमा जानका लागि जित आवश्यक छ। यस्तो समीकरण बन्नका लागि साउदी अरेबियाले र्जेन्टिनामाथि निकालेको जित महत्त्वपूर्ण रहेको थियो।

त्यसैले साउदी तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। आज यी दुईमध्ये एउटा टिमको विश्वकपमा अन्तिम खेल हुने सम्भावना पनि छ। युरोपियन लिगका ठूलो यी दुई स्टारलाई धेरैले विश्वकपको अघिल्लो चरणमा पनि देख्न चाहेका छन्। तर अब त्यो सम्भव छैन। उनीहरूलाई यसकारण पनि यो विश्वकप महत्त्वपूर्ण छ कि अब अर्को विश्वकपमा यी दुवै खेलाडी सम्भवतः देखिने छैनन्।

विश्व फुटबलमा नाम कमाएका खेलाडीले अन्तिम पटक विश्वकपमा निराशापूर्वक बाहिरिनु पर्नेछ। जारी विश्वकपमा मेस्सीले यसअघि नै दुई गोल गरिसकेका छन्। पहिलो खेलमा हार बेहोर्दा अर्जेन्टिनाले एक गोल बेहोरेको थियो भने अर्को गोल मेक्सिकोविरुद्ध २–० को जितमा मेस्सीले गरेका थिए।

corrent noodles
Metro Mart

अहिले अर्जेन्टिनी र विश्वभरि छरिएर रहेका मेस्सीका फ्यानले उनले ट्रफी उचालेको हेर्न चाहेका छन्। तर आज अर्जेन्टिनाले हार बेहोर्‍यो भने दक्षिण अमेरिकी टिमको घरेलु समर्थकलाई ठूलो धक्का हुनेछ। तर प्रशिक्षक लियोनल स्कोलनीले यस्तो कुरा ध्यानाकर्षणको लागि कल्पिन सकिने बताए।

‘जित वा हार, खेलमा के हुन्छ भन्ने कुरा मानिसलाई सम्झाउन गाह्रो हुन्छ,’ प्रशिक्षकले मेक्सिकोलाई हराएपछि भनेका छन्, ‘तपाई कसरी गर्नु हुन्छ भन्ने कुराले अर्थ राख्छ।’

यता लेवान्डोस्कीको बच्चादेखिको सपना पुरा भएपछि उनी विश्वकपको मञ्चमा आउँदा हर्षका आँसु बगेका थिए। किनभने उनले विश्वकपमा पहिलो गोल गरेका थिए। त्यसका लागि उनले पाँच खेल पर्खनु परेको पनि साँचो हो।

अर्जेन्टिनालाई जुन टिमले हरायो त्यही टिमविरुद्ध उनले गोल गरेका थिए। बार्सिलोनका फरावार्डलाई पनि थाहा छ अब अर्को विश्वकपमा उनलाई गोल गर्नका लागि अवसर हुनेछैन। ‘मलाई यो विषयमा थाहा छ कि यो मेरो अन्तिम विश्वकप हुनसक्छ। र, मैले विश्वकप खेलेँ र गोल गरेँ भन्न सक्ने भएर फर्किनु छ,’ ३४ वर्षे लेवान्डोस्कीले खेलअघि भनेका छन्।

तर लेवान्डोस्कीको लागि यो फाइदाको कुरा छ कि जितसँगै बराबरी भए पनि उनको टिमले विश्वकपको अर्को चरणमा स्थान बनाउने छ। हार बेहोरेको अवस्थामा मात्र लेवान्डोस्कीले विश्वकप गुमाउने छन्। त्यो पनि यसरी सम्भव हुनेछ जब यदि साउदी अरेबियाले मेक्सीकोलाई हराउनेछ। यी सबै सम्भावना साउदी अरेबियाले जित निकालेमा मात्र हो। मेक्सिकोले जित निकालेको अवस्थामा खेलको समीकरण फरक हुने अवस्था पनि छ। त्यो समीकरण भने थप जटिल बन्न सक्नेछ।

यसै सन्दर्भमा पोल्यान्डका प्रशिक्षक चेस्ल मिचिनिइविज यो खेल फरवार्डको युद्ध मात्र नभएर दुई/दुई ठूलो स्टारको खेल भएको कुरामा हामीले ध्यान दिन अपरिहार्य रहेको बताउँछन्। ‘यो लेवान्डोस्की र मेस्सीबीचको खेल मात्र होइन किनभने यो टेनिस होइन,’ उनले भनेका छन्।

यता गएराति अमेरिकाले अन्तिम खेलमा इरानलाई हराउँदै अपराजित रहेर अन्तिम १६ को यात्रा तय गरेको छ। उसले अन्तिम १६ मा पुग्नको लागि इरानलाई १-० ले हराएको थियो। त्यो हारसँगै इरानको विश्वकप यात्रा भने सकिएको छ। समूह ए र बीका सबै खेल सकिँदा नेदरल्यान्ड्स र सेनेगल अर्को चरणमा पुगेका छन् भने इक्वेडर र कतार बाहिरिएका छन्।

 समूह बी बाट इंग्ल्यान्ड र अमेरिका प्रिक्वार्टरफाइनलमा पुग्दा इरान र वेल्स बाहिरिए।

विश्वकपमा आजका खेलः

ट्युनिसिया र फ्रान्स राति ८:४५ बजे

अस्ट्रेलिया र डेनमार्क राति ८:४५ बजे

पोल्यान्ड र अर्जेन्टिना राति १२:४ बजे

साउदी अरेबिया र मेक्सिको राति १२:४५ बजे

प्रकाशित: Nov 30, 2022| 13:54 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।