बुधबार, असार १०, २०८३

प्रदेश सभाको समानुपातिकमा एमाले अगाडि

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकमा अग्रस्थानमा छ। मधेश प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- प्रदेश सभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ। निर्वाचन आयोगकाअनुसार प्रदेश  १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकमा अग्रस्थानमा छ। मधेश प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। 

National life

मंगलवार बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार ५०७, मधेशमा १८ लाख ४१ हजार ४६१, बागमतीमा १६ लाख ८२ हजार ४४४, गण्डकीमा ९ लाख १८ हजार ८३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ७ लाख ७८ हजार ३०४ मत गणना भएको छ। 

प्रदेश १ मा एमालेले ५ लाख ९९ हजार ९५९, कांग्रेसले ५ लाख ३ हजार १६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ९०९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख ६८ हजार ७३४ मत ल्याएको छ। 

मधेश प्रदेशमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ५७ हजार ९२२, एमालेले ३ लाख २१ हजार २१०, जनमत पार्टीले २ लाख ६६ हजार ८३२, जनता समाजवादी पार्टीले २ लाख ६२ हजार ४४४ र माओवादी केन्द्रले १ लाख ६७ हजार ६७ मत ल्याएको छ। 

बागमती प्रदेशमा एमालेले ५ लाख २ हजार ९२३, कांग्रेसले ४ लाख २७ हजार २३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार ८५७ र माओवादी केन्द्रले २ लाख ३६ हजार ५५९ मत प्राप्त गरेको छ। गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५३३, कांग्रेसले ३ लाख १७ हजार ५९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत पाएको छ। 

Shivam cement

लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको छ। 

कर्णाली प्रदेशमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ३३ हजार ५२०, कांग्रेसले २ लाख २६ हजार १७० र माओवादी केन्द्रले एक लाख १३ हजार ८६३ मत पाएको आयोगले जनाएको छ। 

प्रतिनिधि सभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ। हालसम्म ९६ लाख ७० हजार ८३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख ७ हजार ४७२ मत प्राप्त गरेको छ। कांग्रेसले २४ लाख ७० हजार २३४, माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले ५ लाख ५४ हजार ७५७, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ र जनमत पार्टीले ३ लाख १६ लाख ६५३ मत प्राप्त गरेका छन्।

प्रकाशित: Nov 29, 2022| 12:40 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...