बुधबार, असार १०, २०८३

प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रको समानुपातिक मतको संख्या ११ लाख ६ सय ४७ रहेको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रको समानुपातिक मतको संख्या ११ लाख ६ सय ४७ रहेको छ। आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ। 

प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि सोही स्थानमा छ। पहिलो स्थानमा एमाले र दोस्रोमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। 

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्।

प्रकाशित: Nov 29, 2022| 11:04 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...