शनिबार, फागुन ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण संकलन

जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३।७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

ntc landingntc landing

तुलसीपुर- गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण संकलन गरिएको छ। जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३।७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ।

himalayan bank box

कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर रमानन्द दासका अनुसार यी दुईवटै ठूला नदीले कटान नगरेको स्थानमा तटबन्धन नगरे अर्को वर्ष ठूलो क्षति हुनसक्छ। ‘हामीले गएको वर्षात्ले तटबन्धनमा गरेको क्षतिको विवरण निकालेका छौँ’, उनले भने, ‘जहाँ १३।७ किलोमिटर क्षेत्रफलमा क्षति भएको छ, यदि त्यो क्षेत्रमा यो वर्ष नै तटबन्ध नगरे अर्को वर्ष बाढीले क्षति गर्छ।’

क्षति भएको क्षेत्रको विवरण विभागमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइसकेको समेत उनले बताए। अहिले तटबन्धनका लागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उनको भनाइ छ। त्यो क्षेत्रमा तटबन्धन गर्न करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ। त्यस्तै सहायक नदीहरूमा पनि विभिन्न स्थानमा क्षति भएको छ।  

उनका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर, राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पुर्याएको छ। त्यस्तै बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको  वडा नं ११, १२, १३ र १४ सहित दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पुर्याएको छ। जनताको तटबन्धनले राप्ती र बबई नदीमा तटबन्धन निर्माण गर्ने काम गर्छ।

प्रकाशित: Nov 29, 2022| 09:35 मंगलबार, मंसिर १३, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।