आइतबार, मंसिर २८, २०८२

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि

जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

सर्लाही- सर्लाहीबाट मधेस प्रदेशसभामा यस पटक केही पुराना र केही नयाँ उम्मेदवार निर्वाचित भएका छन्। जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ।

National life

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित आठसहित मधेस प्रदेशका आठवटै जिल्लाबाट ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सातजना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन्। विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित केही प्रदेशसभा सदस्यहरू यस पटक पनि पुनः दोहोरिनुभएको छ भने पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ।

मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, प्रदेशसभा सदस्य उपेन्द्र महतो, बेची लुङ्गेली र सञ्जय यादव यस पटक प्रदेशसभामा दोहोरिएका छन् भने जङ्गीलाल राय, कौशल किशोर राय, फकिरा महतो र जवाहरलाल कुशवाह यसपटक नयाँ निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी नयाँ निर्वाचित भएका हुन् भने प्रदेशसभा  सदस्यमा क्षेत्र नं २ (१) बाट जङ्गीलाल र २ बाट कौशलकिशोर, क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट जवाहरलाल कुशवाह र क्षेत्र नं ४ को प्रदेशसभा २ बाट फकिरा महतो नयाँ अनुहार निर्वाचित भएका थिए।

क्षेत्र नं १ को (१) बाट लोकतान्त्रिक समाजपवादी पार्टी (लोसपा) का उपेन्द्र, २ बाट नेकपा (एकीकृत समाजवादी) पार्टीबाट बेची, क्षेत्र नं ३ (२) बाट जनता समाजवादी पार्टी (जसपा)का सञ्जयकुमार र क्षेत्र नं ४ (१) बाट नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद प्रदेशसभामा पुनः निर्वाचित भएका  जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 29, 2022| 07:07 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।