सोमबार, मंसिर २९, २०८२

अघिल्लो पटक मधेससँगको प्रचण्ड 'लभ' यसपटक 'ब्रेक-अप'

अन्य कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा उठाएर राजनीति गर्न खोज्दा माओवादीले मधेसमा जातीय मुक्ति र क्षेत्रीय उत्पीडनको सवाल चर्काएर नेतृत्व गर्न खोजेको थियो, कुनै बेला। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणामपछि मधेसले माओवादीलाई पत्याउन छाडेको पुष्टि गर्छ।
 |  सोमबार, मंसिर १२, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनका बेला सिरहा–५ बाट उम्मेदवारी घोषणा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘मधेशसँग मेरो 'लभ' परेको छ। मेरो यो मायामा कहिल्यै कमी आउने छैन।’

National life

मधेशसँग 'लभ' परेको बताएका प्रचण्डलाई मतदाताले पनि माया दिए। आफ्नो प्रतिनिधि बनाएर जिताएर पठाए। ‘प्रचण्ड’ले मधेशी जनतासँग झन् गहिरो लभ परेको बताएका छन्।

२०७४ को प्रतिनिधिसभा चुनावमा माओवादी रोज्ने कि मधेशवादी दल रोज्ने भन्ने दोधारमा मधेशी जनता देखिए। तर त्यसबेला पनि आफ्नो हुलमुल लिएर प्रचण्ड मधेश झरे। माओवादीले मधेशमा थुप्रै कार्यक्रम गर्‍यो। भाषणका क्रममा प्रचण्डले पुरानै ‘स्टाइल’मा आफ्नो मधेशसँगको 'लभ' जारी रहेको बताए। २०७० को चुनावताका पनि प्रचण्डले मधेशसँग 'लभ' परेको भन्दै 'सेन्टिमेन्ट' लिन खोजेका थिए। २०७४ को चुनावताका मधेशमा रक्षात्मक देखिएका उनले  पुरानै रणनीति 'लभ रिलेसन' प्रयोग गरेका थिए।  

२०७६ मंसिर ३ गते परासीमा आयोजित औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले आफ्नो 'लभ' नटुटेको दाबी गरेका थिए। आफ्नो लभ नटुटेको दाबी गर्न उनले मेलाको मञ्चलाई प्रयोग गरेका थिए। मधेशीसँग डिभोर्स नभई झन् प्रेम गहिरो भएको जिकिर गरेका उनले थपेका थिए।

'मधेशी जनतासँग गरेको लभ डिभोर्स गरेको छैन। तपाईंहरू मसँग डिभोर्स गर्न खोजेको हो र? हो भने मैले बुझ्ने गरी भन्नुहोला।मधेशसँग अझ गहिरो लभ छ। निर्वाचनका बेला पनि सबभन्दा बढी मेहेनत मैले मधेशमै गरें। मधेशी जनताप्रति प्रेमकै परिणामले गर्दा हो,' तत्कालीन नेकपामा एक जना अध्यक्ष रहेका प्रचण्डले उपस्थितलाई प्रश्न गरे, 'तपाईं यसलाई खण्डन गर्न चाहनुहुन्छ? मधेशी जनतासँग भेट हुन्छ भनेर प्रमुख अतिथि आएको छु; परासीमा घण्टौं बसेको छु; यो जीवित सत्यले तपाईंलाई डिभोर्स गर्न लागेको जस्तो लाग्छ?’

Laxmi sunrise bank
kumari

वाक्पटु राजनीतिज्ञ प्रचण्डले ताली पाउन र आफूमाथि आएका प्रश्न पन्छाउन आफैँले भनेअनुसार काम गरेनन्। संविधान निर्माण गर्दा मधेशी मुद्दालाई उपेक्षा गरेको आरोप उनीमाथि लाग्यो। मधेशी जनताले माओवादीलाई हेर्ने नजर फेरियो।

प्रकाशित: Nov 28, 2022| 19:30 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...