बुधबार, फागुन ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • थापाथलीको सुकुम्बासी बस्ती पस्यो महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

थापाथलीको सुकुम्बासी बस्ती पस्यो महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

अनधिकृत रूपमा बागमती नदी किनारमा कब्जा जमाएर बसेको समूहले वैकल्पिक व्यवस्थाबिनै हटाउन थालेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा गरेको हो।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं– थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले डोजर चलाएको छ। अतिक्रमित सुकुम्बासी बस्ती हटाउन गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरिसकेको छ। समितिले नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन सूचना जारी गरेको थियो।

अनधिकृत रूपमा बागमती नदी किनारमा कब्जा जमाएर बसेको समूहले वैकल्पिक व्यवस्थाबिनै हटाउन थालेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा गरेको हो। अनधिकृत सुकुम्बासी बस्ती हटाउन यो क्षेत्रमा नगर प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालित भएका छन्।

प्रकाशित: Nov 28, 2022| 15:36 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।