शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।
 |  सोमबार, मंसिर १२, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– गत साता आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रममा छ। यसैबीच सरकार गठनका लागि विभिन्न घटकहरु छलफलमा जुटेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सहकार्यको प्रस्ताव राखेका छन्। बाम गठबन्धन र एमाले–कांग्रेस मिलेमतोको सरकार गठन असम्भव छैन, तर यसको सम्भावना कम छ। सत्ता साझेदार दलहरुबाटै सरकार निर्माणका लागि गठबन्धनको पहिलो प्रयास जारी छ।

triton college

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्। कांग्रेसबाट शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल, गगनकुमार थापा, प्रकाशमान सिंह र शशांक कोइरालाले प्रधानमन्त्रीको आकांक्षा राखेका छन्। चुनावअघि नै ‘प्रधानमन्त्री कार्ड’ देखाएर चुनाव प्रचारमा लागेका महामन्त्री गगनले निर्वाचित भएलगत्तै संसदीय दलमा लड्ने घोषणा गरिसकेका छन्। उनलाई समर्थन गर्ने भनेका छन् अर्का महामन्त्री विश्वप्रकाश शर्माले। तर गगन कांग्रेसमा डा. शेखर कोइराला समूहका हुन्। डा शेखरले भने प्रधानमन्त्री बन्ने र संसदीय दलको नेता बन्ने बारेमा मुख खोलिसकेका छैनन्।

आकांक्षा राखेका अन्य नेताले पनि गगनबाहेकले संसदीय दलमा लड्ने घोषणा गरिसकेका छैनन्। जसकारण गगनलाई संसदीय दलको नेता बन्न त्यति सहज देखिन्न। यदि, देउवाइतरका सबै समूह एक भएर साथ दिने हो भने मात्रै गगन संसदीय दलको नेता बन्ने सम्भावना देखिन्छ। देउवा शक्ति सन्तुलनमा लागिसकेका छन्। संसदीय दलको नेता बन्नका लागि उनले समानान्तर पहल थालेका छन्। कांग्रेसको विधानअनुसार दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधान छ। देउवा एकपटक पुनः प्रधानमन्त्रीमा दोहोरिने मुडमा छन्।

रामचन्द्र पौडेलले पनि भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन्। पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् भने नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन्। सरकारको नेतृत्व गर्ने विषयमा पार्टीका अरु नेताहरुसँग पनि पौडेलले छलफल गर्ने उनी निकट एक नेताले बताए।

प्रत्यक्षमा १० सिट जितेर समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीका केही नेताले चुनावमा गठबन्धनबाट सहयोग नभएको बताइरहे पनि उक्त पार्टी पनि गठबन्धनलाई अघि बढाउनुपर्ने पक्षमा छ।

यता, माओवादी अध्यक्ष प्रचण्ड पनि सत्ता समीकरणका लागि सक्रिय भएका छन्। केही ठाउँको मतपरिणाम सार्वजनिक हुँदै उनी शुक्रबार नै डिल्लीबजार कारागारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न पुगे। नयाँ दलका रुपमा उदाएको उन्मुक्तिसँग एक स्वतन्त्रसहितको ४ सिट छ। सरकार निर्माणमा नपुगेका सांसद जुटाउन प्रचण्डले उन्मुक्तिलाई पनि जोड्न सक्नेगरी मुभ चालेका हुन्। उसो त उन्मुक्ति रेशमको रिहाइको बार्गेनिङ गरेर सरकारमा जाने पक्का छ। ‘रेशम रिहाइ’को प्रमुख एजेण्डासहित उदाएको यो पार्टीको मागसँग थोरबहुत प्रचण्ड र कांग्रेससमेत सकारात्मक छ।

corrent noodles
Metro Mart

रेशमलाई भेटेलगत्तै शनिबार प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। उक्त भेटमा दुईबीच गठबन्धनलाई नै अघि बढाएर सरकार बनाउने सहमति भएको छ। सरकार गठनका लागि गठबन्धनको बैठक बोलाउने समझदारी भएको छ। यता, प्रचण्डले रेशमसँग सरकारमा सहभागी हुन आग्रह गरेकोमा रेशम पनि सकारात्मक देखिएको उन्मुक्तिका एक नेताले बताए। समानुपातिकसहित गठबन्धनसँग बहुमत पुग्ने देखिएको छ, तथापि भर्खरै उदाएका नयाँ दललाई पनि सरकारमा सहभागी गराउने प्रयास गठबन्धनको छ।

प्रत्यक्षमा १० सिट जितेर समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीका केही नेताले चुनावमा गठबन्धनबाट सहयोग नभएको बताइरहे पनि उक्त पार्टी पनि गठबन्धनलाई अघि बढाउनुपर्ने पक्षमा छ।

यता एमालेले गठबन्धन तोडेर आफ्नो सरकार बनाउने प्रयास गरेता पनि पहिलो तयारी गठबन्धन जोगाउने सत्ता साझेदार दलका नेताको छ। गठबन्धन सरकार बनेमा प्रधानमन्त्री को बन्ने भन्ने पक्का भइसकेको छैन। तर, पहिलो ठूलो दल बनेको कांग्रेस प्रधानमन्त्री छोड्ने पक्षमा देखिन्न। ‘गठबन्धनको बहुमत पुगेको छ, गठबन्धनकै सरकार बन्छ, यस विषयमा नेताहरुबीच छलफल हुन थालिसकेको छ। गठबन्धनका सबै नेताहरु काठमाडौं आएपछि बैठक बसेर बाँकी सहमति हुन्छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘स्वभाविक नेतृत्व कांग्रेसको हो, नेतृत्व विवादको विषय नै भएन।’ उनले प्रधानमन्त्रीमा देउवा नै दोहोरिने संकेत गरे। प्रधानमन्त्रीका लागि कांग्रेसमा ५ आकांक्षी देखिँदा कांग्रेसले कसलाई अघि बढाउँछ भन्ने प्रश्नमा नेपाल समयलाई उनले भने, ‘आकांक्षा राख्न पाइयो, संसदीय दलको चुनावमा सहभागी भएर नेतृत्व लिन सकियो।’ 

यता माओवादी भने प्रचण्डलाई नै प्रधानमन्त्रीको रुपमा अघि सार्ने पक्षमा छ। चुनावअघिको सहमति स्मरण गर्दै माओवादी महासचिव देव गुरुङले भने, ‘यो परिवर्तनको संवाहक गिरिजाप्रसाद र प्रचण्ड दुई जना हो, गिरिजाप्रसाद नभएको अहिलेको अवस्थामा यो परिवर्तनको सम्भाहक र अभिभावक प्रचण्ड नै हो।’ उनले प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा गठबन्धनमा पार्टीले अघि सार्ने बताए। यद्यपि, उनले सरकार गठनमा बाम गठबन्धनको सम्भावनाबारे पनि संकेत गरे। ‘सबै नतिजा आइसकेपछि सुरुमा दलहरुबीच र त्यसपछि अन्य दलबीच छलफल भएर मध्यस्थविन्दू पहिचान गरी त्यसअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘अहिले छलफल नै नभइसकेकाले यही हुन्छ भन्न सकिन्न, बाम गठबन्धनबारे छलफल भएको छैन, कुराकानी भएपछि यो हुनसक्छ भन्न सकिएला, कुराकानी नै नभइकन यही हुन्छ भन्न सकिन्न।’

अहिलेको परिदृश्यमा सरकार निर्माणमा माओवादी निर्णायक देखिन्छ। कांग्रेसले प्रधानमन्त्री पदमा दाबी नछाडेमा माओवादीले गठबन्धन जोगाउन प्रधानमन्त्री छाड्छ वा अन्य समीकरण खोज्छ? यसको निर्णय पार्टीको आधिकारिक बैठकले गर्ने देखिएको छ।

प्रकाशित: Nov 28, 2022| 09:11 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...