सोमबार, वैशाख २८, २०८३

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

National life

काठमाडौं- नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। 

पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ। अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 28, 2022| 06:50 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।