शुक्रबार, जेठ २९, २०८३

७ कम्पनीले पाए लघुबिमाको लाइसेन्स

जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीलाई छनौट गर्ने निर्णय भएको प्राधिकरणले जानकारी दिएको हो।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- नेपाल बीमा प्राधिकरणले ७ कम्पनीलाई लघुबीमा व्यवसाय गर्न अुनमति (लाइसेन्स) प्रदान गरेको छ। जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीलाई छनौट गर्ने निर्णय भएको प्राधिकरणले जानकारी दिएको हो। 

National life

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमाको अनुमति पाएका छन्। लघु निर्जीवन बीमा व्यवसाय गर्न ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघुबीमाको अनुमति पाएका हुन्। 

प्राधिकरणमा लघु बिमा व्यवसाय गर्नका लागि ३१ कम्पनीले आवेदन दिएका थिए। निर्वाचन प्रक्रिया सुरु भएपछि प्राधिकरणले अनुमति प्रदान गर्ने तयारी गरेपनि निर्वाचन आयोगले रोक लगाएको थियो। निर्वाचनको मतपरिणाम सार्वजनिक नहुँदै प्राधिकरणले अुनमति प्रदान गरेको हो। 

दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रको सीमान्तीकृत तथा न्यून आय भएका समुदायलाई लक्षित गरी लघुबीमा सेवाको प्रवाह गर्ने लक्ष्य राखिएको छ। 

लघुबिमाको अनुमति प्रदान कार्यको प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा रिटसमेत परेको छ। पुस ३ गतेका लागि उक्त रिटमाथि पेसी तोकिएको छ। 

Shivam cement

प्रकाशित: Nov 27, 2022| 18:48 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्