बुधबार, असार १०, २०८३

माधव नेपालको पार्टी राष्ट्रिय दल बन्ने सम्भावना कति?

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना बढेको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना बढेको छ। 

National life

आज बिहान ७:४५ बजेसम्मको तथ्यांकअनुसार एकीकृत समाजवादीले २ लाख १४ हजार ७ सय ७५ समानुपातिक मत प्राप्त गरेको छ।

प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ माथि मत ल्याउने राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ। 

जसअनुसार यसपटक मतदाताको कूल संख्या १ करोड ७९ लाख ८८ हजार हुँदा अनुमानित यसको ६० प्रतिशत मत खसेको भए कूल मतको संख्या १ करोड ७ लाख ९३ हजार १४२ हुन्छ। यसमा अनुमानित ९० प्रतिशत मत सदर भएमा कूल सदर मतको संख्या ९७ लाख १३ हजार ८२७ आसपास हुन्छ। अब यसको ३ प्रतिशत २ लाख ९१ हजार ४१५ आसपास हुन्छ।

यसरी हेर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेको दलले ३ लाखजति मत प्राप्त गरेमा उसले राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। 

Shivam cement

अघिल्लो हिसाबअनुसार थ्रेसहोल्ड पार गर्न २ लाख ९१ हजार ४१५ मत ल्याउनुपर्ने हुन्छ। यस आधारमा २ लाख १४ हजार ७ सय ७५ मत प्राप्त गरिसकेको एकीकृत समाजवादीले अब कम्तीमा ८० हजार र बढीमा एक लाख मत ल्याए राष्ट्रिय दल बन्ने छ।

प्रकाशित: Nov 27, 2022| 08:05 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...