बुधबार, असार १०, २०८३

मोरङ-१ मा कांग्रेसका लिम्बू विजयी

एमालेका घनश्याम खतिवडालाई ४३० मतले पछि पार्दै लिम्बूले दोस्रो पटक जित हासिल गरेका हुन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

विराटनगर- मोरङ-१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन्। एमालेका घनश्याम खतिवडालाई ४३० मतले पछि पार्दै लिम्बूले दोस्रो पटक जित हासिल गरेका हुन्।

National life

मोरङ कांग्रेसका सभापतिसमेत रहेका लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत पाए। अघिल्लो निर्वाचनमा लिम्बू खतिवडासँग ६ हजार मतले पराजित भएका थिए। त्यसअघि लिम्बूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा खतिवडालाई पराजित गरको थिए।

६ निर्वाचन क्षेत्र रहेको मोरङमा तीन वटामा कांग्रेस तथा एमाले, स्वतन्त्र र माओवादी केन्द्रले एक-एक सिट जितेका छन्। कांग्रेसबाट १ मा लिम्बु ३ मा सुनील शर्मा र ६ मा डा. शेखर कोइराला विजयी भए। एमालेबाट मोरङ-२ मा ऋषिकेश पोखरेल, ४ मा माओवादी केन्द्र अमनलाल मोदी र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।

२०७४ को निर्वाचनमा मोरङमा कांग्रेसले एक, एमालेले तीन, माओवादी केन्द्रले दुई क्षेत्रमा जितेको थियो।

प्रकाशित: Nov 26, 2022| 21:43 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...