शुक्रबार, भदौ १९, २०८३

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं– पूर्वमिस क्रोएसिया इभाना नोल यतिबेला सामाजिक सन्जालमा भाइरल छन्। अहिले फुटबल समर्थक र उनलाई सामाजिक सन्जालमा फलो गर्नेहरुले आलोचना गरिरहेका छन्। कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई अहिलो आलोचनाको पात्र बनाइएको हो।

कतारले आफ्नो देशमा फुटबल हेर्न आउने दर्शकलाई छोटो लुगा नलगाउन अनुरोध गरेको छ। मुस्लिम महिलालाई बुर्का लगाउने अनिवार्य भएको देशमा बाहिरी देशका पाहुनाले पनि छोटो लुगा लगाएर हिँड्न पाउँदैनन्। कतारी सरकारले कतारमा छोटो लुगा लगाउन प्रतिबन्ध गरेको छ। तर क्रोएसिया र मोरक्कोको खेल हेर्न कतार पुगेकी मोडलले भने क्रोएसियाको झन्डा प्रेरित छोटो कपडा लगाएर फोटो सुट गरेकी छन्।

उनले उक्त फोटो सुटलाई सामाजिक सञ्जालमा पनि पोस्ट गरेकी छन्। त्यसपछि उनी विभिन्न देशका मिडियामा हेडलाइन भइरहेकी छन्। उनले फोटो पोस्ट गर्दै क्याप्सनमा इतिहासकै सबैभन्दा खत्तम विश्वकप आयोजना भनेकी छन्। ‘यो विग्रह हो,’ उनले लेखेकी छन्, ‘विश्वकपमा नपुगेका सबैलाई सरी भन्न चाहन्छु किनभने यो इतिहासकै सबैभन्दा खत्तम आयोजना छ।’

उनले अगाडि लेखेकी छन्, ‘मेरो टोलीसँग फाइनलसम्मको टिकट भए पनि २० दिनको हैया कार्ड(कतारमा भइरहेको फिफा प्रतियोगितामा जान प्रयोग गरिने कार्ड), जसबाट मेट्रोको निःशुल्क सुविधा पाइन्छ) पाएनन्। यो स्पष्ट छ, किनकि धेरै मानिस यो प्रतियोगितामा भाग लिइरहेका छैनन् भन्ने।’

तर उनको भनाइलाई बेवास्ता गर्दै सामाजिक सन्जालमा धेरैले आलोचना गरे। एक जनाले लेखेका छन्, ‘अरूको संस्कृतिलाई सम्मान गर्न सिक्नुस्।’ अर्का फलोअरले लेखेका छन्, ‘तपाईं कतारमा हुनुहुन्छ। क्रोएसियामा होइन। त्यसैले यहाँको नियमको सम्मान गर्नुपर्छ। यो मुस्लिम देश हो।’ ‘आदर गर्नुपर्ने देशमा यस्तो ड्रेसले शोभा दिँदैन,’ अर्को एक जनाले लखेका छन्।

‘यो ड्रेसलाई प्रतिबन्ध गरिएको छ। तपाईंले हाम्रो नियम मान्नुपर्छ,’ उनकै कमेन्टमा अर्का एक जना लेख्छन्। केहीले उनको ड्रेसलाई कतारी संस्कृतिको अपमान भएको ठानेका छन्। 

क्रोएसियाले यो विश्वकपको पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ।

प्रकाशित: Nov 26, 2022| 15:44 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।