बुधबार, असार १०, २०८३

नेयमारले अर्को खेल गुमाउने, भन्छन्- मेरा लागि करियरकै अप्ठेरो अवस्था

कतार विश्वकपमा ब्राजिल फुटबल टिमका प्रशिक्षक टिटेका लागि पहिलो खेल स्वर्णिम थियो। उनीसँग भएका कुनै पनि खेलाडी चोटले सताइएका थिएनन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- कतार विश्वकपमा ब्राजिल फुटबल टिमका प्रशिक्षक टिटेका लागि पहिलो खेल स्वर्णिम थियो। उनीसँग भएका कुनै पनि खेलाडी चोटले सताइएका थिएनन्। सबै खेलाडी ठिकठाक भए पनि उपाधि दावेदारीको आश गरिएको ब्रजिलले पहिलो खेलमै जित निकाल्यो। उसले त्यो खेलमा सर्बियालाई २० ले हराएको हो।

National life

तर अब ब्राजिली प्रशिक्षक टिटेका लागि अब सहज छैन। किनभने ब्राजिलका सबैभन्दा उत्कृष्ट खेलाडी नेयमार नै घाइते भएका छन्। उनीको दाहिने घुँडामा चोट लागेपछी उनले अब खेल गुमाउने भएका छन्।

विश्वकपको दोस्रो खेलमा ब्राजिलले स्विट्जरल्यान्डसँग खेल्दा अब नेयमान मैदानमा देखिने छैनन्। उनी रेस्टमा हुनेछन्। अब चोटले सताइएपछि उनले आफूलाई सबैभन्दा धेरै अप्ठ्यारो परेको अवस्थामा रहेको बताएका छन्। उनी विपक्षी टिमा खेलाडीसँगको टकराबको कारण मैदानमा लडेका थिए। 

मैदानमा केही पटक विपक्षीको खराब ट्याकलमा परेका उनी चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरएका थिए।

'ब्रजिलको जर्सी लगाउँदा महसुश गर्ने गर्व र प्रेम बयान गर्न सक्दिनँ। यदी भगवान् ले मलाई कुनै देश छान्न भन्छन् भने म ब्राजिल छान्नेछु,' उनले इन्स्टाग्राम पोस्टमा लेखेका छन्, 'जीवनमा कुनै कुरा पनि सहज भएन। मैले आफ्नो सपनालाई सधैँ खोजिरहन पर्‍यो।' उनले सोही पोस्टमा आफ्नो जीवनका लागि सबैभन्दा अप्ठ्यारो खवस्था रहेको पनि बताए। उनले आफ्नो आँखा पनि चोट लागेको बताएका छन्।

Shivam cement

उनले आफ्नो टिमलाई सहयोग गर्ने बताएका छन्। अहिले गोल फरकका आधारमा ब्राजिल स्विझरल्यान्डभन्दा अघि रहेको छ। क्यामरुन र सर्बयाको भने शून्य अंक छ। तर अब बाँकी दुई खेल ब्राजिलले नेयमारबिना नै खेल्नु पर्ने भएको छ।

'मेडिकल परीक्षणमा नेयमारको दायाँ घुँडामा लेटरल लिगामेन्टको चोट देखिएको छ त्यससँगै हड्डीको सानो भाग सुन्निएको छ,' ब्राजिलका मेडिकल डाक्टर रोड्रिगो लासमारले भनेका छन्,'नेयमारसँगै ड्यानियलो पनि अर्को खेलका लागि उपलब्ध हुने छैनन्।'

नेयमारलाई सन् २०१४ को क्वार्टरफाइनलमा चोट लागेपछि उनले सेमिफाइनल गुमाएका थिए।

प्रकाशित: Nov 26, 2022| 13:47 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...