बुधबार, असार १०, २०८३

गुल्मी १ प्रदेशसभा (क) मा एमाले र (ख) मा कांग्रेस विजयी

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

National life

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो। जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन्। उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे।

त्यस्तै प्रदेशसभा (क)मा नेकपा एमालेका उम्मेदवार पाण्डेले आठ सय ६४ को अग्रतासहित १५ हजार एक सय २७ मत प्राप्त गरी विजयी भए। उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

साथै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की छ सय पाँच मतको अग्रतासहित १८ हजार पाँच सय ९६ मत प्राप्त गरी विजयी भए। उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका फर्सराम पाण्डेले १७ हजार नौ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले बताए।

Shivam cement

यस क्षेत्रमा कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए। जसमध्ये खसेको मत ६९ हजार सात सय ५९ हो। यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका वडा पर्दछन्। योसँगै गुल्मीमा प्रत्यक्षतर्फका दुवै प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सकिएर अन्तिम परिणामसँगै छ प्रतिनिधि निर्वाचित भएका छन्। यतिबेला समानुपातिक तर्फको मतगणना सुरु भएको छ।

प्रकाशित: Nov 26, 2022| 11:31 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...