बिहीबार, असार ११, २०८३

रविले सार्वजनिक गरे चुनावी खर्च

लामिछानेले आज सामाजिक सञ्जालमा एक सन्देश लेख्दै विजयको सुखीयाली बनाउने समय सकिएको र आफूलाई निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद ज्ञापन गरेका छन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताएका छन्। 

National life

लामिछानेले आज सामाजिक सञ्जालमा एक सन्देश लेख्दै विजयको सुखीयाली बनाउने समय सकिएको र आफूलाई निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद ज्ञापन गरेका छन्।

यसका साथै उनले निर्वाचनको क्रममा आफूले गरेको खर्चको विवरणसमेत सार्वजनिक गरेका छन्। लामिछानेले निर्वाचनमा ११ लाख ८१ मात्र खर्च भएको बताएका छन्।

लामिछानेले राजनीतिक भेटघाट र पार्टीको महत्त्वपूर्ण कामका लागि आज साँझ  काठमाडौं जाने उल्लेख गर्दै  केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर यहाँका नागरिकको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका छन्। 

यस्तो छ रविको  प्रतिवद्धता

Shivam cement

आदरणीय चितवन-२ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु। 

आजबाट विजयको खुसियाली मनाउने सम्पूर्ण कार्यक्रमहरु सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहि बाट एकमुष्ठ धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुंदागत रुपमा  राखें। 

१, मेरो चुनावी खर्च ११ लाख ८१  हजार  ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन)

२, कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु। 

३, सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर  ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण  भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य  पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)

४, भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला। 

५, मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ।  

६, प्रत्यक ४र४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु। 

७, कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको  सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।

८, औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण  विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु। 

९, सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा  चितवन ११ स्थित घरमा  राखिएको ूभन्नुहोस् के सेवा गरौू लेखिएको  बाकसमा  खसाउनु होला। 

१०, लामो लामो राजनीतिक छ्लफलहरु  भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता,  समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका  सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु। 

अन्त्यमा,

राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ  काठमाडौ जादैछु।  केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईहरुको सेवामा समर्पित हुनेछु। पूर्ण चुनावी नतिजा र  संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु होला। म सम्भव भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु। हामी  आज बाटै काममा लाग्यौं।

प्रकाशित: Nov 26, 2022| 10:26 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...