बुधबार, असार १०, २०८३

नुवाकोट १ (क) मा माओवादीबाट राधिका तामाङ विजयी

शनिबार बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङ १६ हजार १६९ मत ल्याएर विजयी भइन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- नुवाकोटको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छन्।

National life

शनिबार बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङ १६ हजार १६९ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार ३५० मत ल्याएका निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।

यसअघि सोही प्रदेश सभाबाट निर्वाचित भएका तामाङले यस पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा ४ हजार ८१९ मतान्तरले विजयी भएका हुन्।

निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले १ हजार ५०९, नेकपा एकीकृत समाजवादीका राजेश थापाले २८२, मंगोल नेसनल अर्गनाइजेसनका कर्म तामाङले १८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले १६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले १०३ मत प्राप्त गरेका छन्।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा खसेको कूल ३१ हजार १०७ मतगणना हँुदा २९ हजार ७६५ मत सदर भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए।

Shivam cement

प्रकाशित: Nov 26, 2022| 09:20 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...