मंगलबार, असार ९, २०८३

हस्तकला व्यापार मेला मंसिर २३ देखि

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- नेपाल हस्तकला महासंघको आयोजनामा १९औँ हस्तकला व्यापार मेला हुने भएको छ।

National life

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो।

अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिए। मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।

उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ। काष्ठकला, प्रस्तरकला, मैनकला, मुर्तिकलामा मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ।

प्रकाशित: Nov 26, 2022| 08:57 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।