मंगलबार, असार ९, २०८३

बाँके-१ (ख) बाट एमालेका दुर्गाप्रसाद चौधरी विजयी

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

नेपालगञ्ज- बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन्। उनले १५ हजार छ सय ५७ मत प्राप्त गरे।

National life

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन्।

उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ। बाँके प्रदेश क्षेत्र नं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो।

प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भए। सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार थिए।

प्रकाशित: Nov 26, 2022| 08:21 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...