मंगलबार, असार ९, २०८३

एमालेका विष्णु पौडेल रुपन्देही-२ बाट चौथो पटक विजयी

पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

बुटवल- रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन्।

National life

विजयी पौडेलले २७ हजार १४७ मत पाए। स्वतन्त्रका पौडेलले २५ हजार ७८१ र ५ दलीय सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले २१ हजार ९८६ मत पाएका छन्। यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो।

रुपन्देही-२ मा पौडेलको यो चौथो जित हो। निर्वाचन आयोगले पौडेललाई औपचारिक रूपमा घोषणा गर्ने तयारी गरिरहेको छ। 

सत्ताधारी गठबन्धनले यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङलाई उम्मेदवार बनाएको थियो। तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि जनमुक्ति पार्टीका थापाले गठबन्धनको समर्थन पाएका थिए। यद्यपि उनी तेस्रो स्थानमा सीमित भए। 

प्रकाशित: Nov 25, 2022| 21:10 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...