शुक्रबार, भदौ १९, २०८३

१५ पटक मन्त्री बनेका भण्डारी महोत्तरी-२ बाट निर्वाचित

निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका भण्डारी २५ हजार १९० मत ल्याउँदै विजयी भए। पराजित सिंहले ११ हजार १२० मत पाए।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं- महोत्तरी-२ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका उम्मेदवार शरतसिंह भण्डारी विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका भण्डारी २५ हजार १९० मत ल्याउँदै विजयी भए। पराजित सिंहले ११ हजार १२० मत पाए। 

२०७४ को प्रतिनिधिसभा सदस्यमा भण्डारी राजपाबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए। 

भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०४८ मा राप्रपाबाट चुनाव लड्दा उनी पराजित हुन पुगे। २०५१ मा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका भण्डारी २०५६ मा कांग्रेसबाट सांसदमा विजयी भए। 

२०६४ को संविधान सभामा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भण्डारी हालसम्म राज्यमन्त्रीसमेत गरी १५ पटक मन्त्री बनेका छन्। उनीसँग उपप्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेको अनुभव छ। 

केपी शर्मा ओलीले नेतृत्व गरेको दोस्रो पटकको सरकारमा उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए। यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा रक्षामन्त्री बनेका थिए।

प्रकाशित: Nov 25, 2022| 15:10 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...