मंगलबार, असार ९, २०८३

कैलाली-५ मा प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन्।

National life

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी भएका पन्तले २१ हजार तीन सय ९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरेका हुन्।

यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार नौ सय ९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ हजार छ सय १९ मत प्राप्त गरे।

प्रकाशित: Nov 25, 2022| 12:31 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...