मंगलबार, असार ९, २०८३

समानुपातिकतर्फ एमालेले कटायो १० लाख मत

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९
National life
Shivam cement

काठमाडौं– प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेले १० लाख बढी मत पाएको छ। निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको हो।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८४ हजार ८८६ मत पाएको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२०, जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याएका छन्। आयोगका अनुसार जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादीले ७१ हजार ६६७ मत पाएका छन्।

प्रकाशित: Nov 25, 2022| 11:54 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...