बिहीबार, असार ११, २०८३

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी छन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं– शुक्रबारदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदै छ। सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधिताको उत्सव नारासहित ९ दिनसम्म चल्ने महोत्सवको थापागाउँस्थित मण्डला थिएटरमा उद्घाटन हुँदै छ ।

National life

भारतीय प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यमा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु हुन लागेको हो।उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगर प्रमुख बालेन्द्र साह, विभिन्न व्यक्तित्वलगायतले सम्बोधन गर्नेछन्।

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी हुँदै छन्। १७ मंसिरसम्म चल्ने महोत्समा बिहान ८ देखि साँझ ७ः३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रम सञ्चालन हुनेछन्।

महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशक काठमाडौं आइसकेका छन्। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।

प्रकाशित: Nov 25, 2022| 11:35 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।