मंगलबार, असार ९, २०८३

सिन्धुपाल्चोक-२ मा २०१५ पछि पहिलोपटक कांग्रेसको जित, मोहन बस्नेत विजयी

बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्दा २०७४ मा जितेका तामाङले २७ हजार ४९३ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले २ हजार ८१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ५४३ पाइन् ।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङलाई फराकिलो अन्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन्। उनीहरूबीचको मतान्तर ११ हजार ८ सय ७४ छ। 

National life

बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्दा २०७४ मा जितेका तामाङले २७ हजार ४९३ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले २ हजार ८१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ५४३ पाइन् ।

२०१५ सालमा कांग्रेसका चन्द्रलाल श्रेष्ठले यो क्षेत्रमा चुनाव जितेका थिए। त्यसयता कांग्रेसले यो क्षेत्र जित्न सकेको थिएन।

कांग्रेसका केन्द्रीय सदस्य बस्नेत माओवादीसँग गठबन्धन बनेपछि विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र सिन्धुपाल्चोक-१ बाट सिन्धुपाल्चोक-२ बाट चुनावी मैदानमा थिए। आफूले ६४ वर्षपछि यस क्षेत्रबाट कांग्रेसलाई जिताएको बताउँदै विजयी बस्नेतले प्रत्येक प्रतिबद्धता पूरा गर्ने वाचा गरेका छन्। 

प्रदेशसभामा सिन्धुपाल्चोक-२ 'ख'बाट कांग्रेसका कृष्णबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले १७ हजार ७५८ मत ल्याउँदै एमालेका हस्त पण्डितलाई पराजित गरे। पण्डितले १६ हजार २ सय ५३ मत पाए। सिन्धुपाल्चोक- २ 'क'मा माओवादीका युवराज दुलालले २० हजार ९०६ मत पाएर १२ हजार १३९ मत पाएका एमालेका अमानसिं तामाङलाई पराजित गरे। 

Shivam cement

प्रकाशित: Nov 25, 2022| 09:28 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...