शुक्रबार, वैशाख १४, २०८१

सत्ता र प्रतिपक्षी दुवै गठबन्धनलाई पाखा लगाउने 'जोगी सर'

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो ।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, मंसिर ९, २०७९

विराटनगर– सामाजिक अभियन्ता योगेन्द्र मण्डल (जोगी सर) ले एक वर्ष अघिदेखि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनेगरी आफ्नो अभियान सुरु गरेका थिए। नेकपा एमाले प्रदेश कमिटीका सदस्य रहेका जोगीले मोरङ–५ बाट उम्मेदवारी दिनेगरी पार्टी गतिविधि र सामाजिक अभियानलाई निरन्तरअघि बढाइरहेका थिए।

triton college

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो । जोगीको नाम क्षेत्रीय कमिटीले सिफारिस गर्यो। उनलाई प्राथमिकतामा राखेर केन्द्रीय सदस्य रामलाल साह र स्थानीय नेतृ राधा पासवान सहित तीन जनाको नाम सिफारिस भए पनि मण्डलको टिकट गत असोज २० गतेसम्म एमालेबाट निश्चित थियो।

असोज २१ गते एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादववीच चुनावी तालमेल गर्ने सहमति भयो र प्रतिनिधिसभाका १७ सिट जसपाको भागमा पर्यो। १७ सिटमा मोरङ ५ पनि पर्यो। जोगी सर अलमलमा परे। एमालेबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने उनको सपना पूरा हुन सकेन। उनी के गर्नेमा अलमलमा परे। उनको अभियानमा सँगै हिँडेका साथीहरुसँग परामर्श गरे र स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णयमा पुगे। एमाले प्रदेश कमिटी सदस्य पद त्याग गर्दै उनले स्वतन्त्रबाट मनोनयन दर्ता गरे। उम्मेदवारी दिएदेखि नै जोगीको चुनावी अभियानमा सयौंको सहभागिता हुँदै गयो।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो ।

मंसिर ४ गते भएको निर्वाचनको ८ गते साँझ घोषणा गरिएको अन्तिम परिणामबाट उनी निर्वाचित भए। उनले निर्वाचन जित्ने लक्षण मंसिर ५ गतेदेखि शुरु गरिएको गणनाबाट देखिएको थियो। लगातार अग्रता कायम राखेर उनी विजयी हुन सफल भए।

corrent noodles
Metro Mart

मण्डलले २१ हजार ८२० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले  १७ हजार ४८६ मत प्राप्त गर्दा एमाले जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता राजकुमार यादवले १७ हजार ३९० मत प्राप्त गरे। राप्रपा उम्मेदवार रेवतबहादुर थापाले २ हजार ४७९ मत प्राप्त गरे। मण्डलले मतगणना सुरु भएदेखि नै अग्रता बनाएका थिए।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सत्ता गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल र एमाले–जसपा उम्मेदवार राजकुमार यादवलाई पाखा लगाउँदै सांसदमा निर्वाचित भएपछि उनले भने, ‘जनतासँग गरेका बाचा भोलिबाटै शुरु गर्छु।’ मतदाताको काम सकिएको अव आफ्नो काम शुरु भएको जोगीले बताए। जनताले अनुभूति गर्ने गरीको काम आफूले गर्ने उनले बताए।

को हुन् योगेन्द्र मण्डल ?
मण्डल सामाजिक अभियन्ता हुन्। उनी जीवन विकास समाजका संस्थापक हुन्। मोरङको साविक अमाही बरियाती गाविसमा २०५२ सालमा गाउँका दुई बालकलाई ट्युसन पढाएर जीवन विकासको अभियान सुरु भएको थियो। गाउँमा योगेन्द्रभन्दा पनि उनी जोगी सरकै उपनामले चिनिन्छन्। मतदातामाझ जाँदा पनि उनी त्यही नामले नै परिचित भए।

योगेन्द्रको अगुवाइमा शिक्षा, स्वास्थ्य र कृषिमा गरिब परिवारलाई सहयोग गर्न जीवन विकास समाज संस्था स्थापना गरिएको थियो। समाजले २५ वर्षमा तीन लाखभन्दा बढी मानिसलाई आर्थिक रूपमा अघि बढ्न सहयोग गर्यो। सामाजिक अभियान सञ्चालन गर्यो। अरूको खेतमा काम गरेर पेट पाल्ने परिवारका छोराछोरी पढ्न नपाएको देखेर सहकारीमार्फत गरिबी कम गर्ने र विद्यार्थीलाई पढाइको व्यवस्था मिलाउने उद्देश्यले २०५४ मा समाज दर्ता गरिएको थियो।

योगेन्द्रका अनुसार अमाही बरियातीको सुकुम्बासी बस्तीका दुई दाजुभाइ शिवचरण र देवनारायण मण्डलका कारण जीवन विकास संस्था स्थापना गरिएको थियो। उनीहरू अहिले जीवन विकास लघुवित्तका शाखामा प्रमुखको जिम्मेवारीमा कार्यरत छन्। हाल समाजले चार पालिकाका ६ स्थानमा बाल विकास केन्द्र सञ्चालन गरिरहेको छ। त्यहाँ ५०० भन्दा बढी बालबालिका पढ्छन्।

विद्यालय व्यवस्थित होस् भनेर समाजले १० करोड रुपैयाँको अक्षयकोष खडा गरेको छ। बालशिक्षाका लागि बेग्लै भवनमा अध्ययनरत बालबालिकालाई विद्यालयले पौष्टिक आहारसमेत उपलब्ध गराउँछ। समाजले गैरनाफामूलक सीटीईभीटीको तालिम कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले ‘क्वालिटी एजुकेसन फर अल’ पुरस्कारबाट सम्मानित गरिसकेको छ। तीन लाख अमेरिकी डलरको यो पुरस्कार सन् २०१८ मा संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा स्पेनकी महारानी सोफिया र साउदी अरबका राजकुमार तलाल विन अब्दुल अजिजले मण्डललाई प्रदान गरेका थिए। तीन करोड १० लाख रुपैयाँबराबरको उक्त रकममा त्यति नै थपेर कोष खडा गरिएको छ।

विद्यालयहरूको शिक्षा सुधारमा एक करोड १० लाख रुपैयाँ खर्च गरिएको छ। ६ करोड रुपैयाँको अक्षय कोष बनाई त्यसको ब्याजबाट दिगो विकासका १७ वटा लक्ष्य राख्ने व्यक्ति वा संस्थालाई वार्षिक १५ लाख रुपैयाँको ‘दिगो विकासका निम्ति जीवन विकास पुरस्कार’ प्रदान गरिन्छ। सन् २००५ मा समाजले नेपाल डेभलपमेन्ट मार्केट प्लेसको ‘लौन, अब त केही गरौँ’ शीर्षकको १४ लाख रुपैयाँ राशिको पुरस्कार पनि पाएको थियो।

प्रकाशित: Nov 25, 2022| 09:17 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।