काठमाडौं– धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
कांग्रेसका धादिङ जिल्ला समापतिसमेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन्।
कांग्रेसका अधिकारी ३४ हजार ४ सय ८३ मत ल्याएर निर्वाचित हुँदा लोहनीले २३ हजार ९ सय ५० मत ल्याए। तीन दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय अधिकारी नेपाली कांग्रेसभित्र इमानदार र सिद्धान्तमा निष्ठावान् नेताको रूपमा परिचित छन्।