मंगलबार, असार ९, २०८३

झापा ४ बाट एमालेका एलपी साँवा लिम्बूको जित

लिम्बूले २९ हजार ३१५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार देउमान थेबेलाई हराएका हुन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

काठमाडौं– झापा ४ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार एलपी साँवा लिम्बू निर्वाचित भएका छन्। उनले २९ हजार ३१५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार रहेका देउमान थेबेलाई हराएका हुन्। थेबे कांग्रेस झापा जिल्ला कमिटी अध्यक्षसमेत हुन्।

साँवा २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन्। ढकाल पूर्वप्रहरी हुन् भने खुश्बु पूर्वमिस टिन नेपाल हुन्। झापा ४ मा ७८ हजार ४८३ मत खसेको थियो।

प्रकाशित: Nov 24, 2022| 15:22 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...