सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दोस्रो विश्वयुद्धदेखिको तुस अन्त्य गर्न जापानसंग र रुसको प्रस्ताव

दोस्रो विश्वयुद्धदेखिको तुस अन्त्य गर्न जापानसंग र रुसको प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मस्को- रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको बिषयलाई लिएर लामो समयदेखि विवाद भएको भन्दै यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुुपर्ने नयाँ प्रस्ताव ल्याएका हुन् ।  

यदि दुई मुलुकबीच सम्झौता भएमा रूस र जापानको सीमा क्षेत्रमा रहेको कुरिल टापूको विवाद पनि समाधान हुने अल जजिरा टेलिभिजनले जनाएको छ । दोस्रो विश्व युद्धको अन्त्यपछि जापान र रूसबीच ठूला विवाद नदेखिए पनि दुर्भाग्यबस उनीहरूबीच कुनै सम्झौता भने हुन सकेको छैन । 

“मैले एउटा उपाय सोचेको छु । यो बर्षको अन्त्य पहिले हामीले ‘कुनै पूर्व शर्तविना’ शान्ति वार्ता गर्नुपर्छ,” रूसको पूर्वी शहर भ्लादिभोस्तोकमा भएको आर्थिक फोरममा रूसी राष्ट्रपतिले भनेकोे पुटिनलाई उद्धृत गरी अलजजिराले उल्लेख गरेको छ । 

पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले कुनै प्रतिक्रिया भने नदिएको अल जजिराले बताएको छ । 

तर जापानको मन्त्रीमण्डलका पूर्व मुख्य सचिव योसिहिदे सुगाले भने सम्झौता गर्नु पहिले रूस र जापानबीच रहँदै आएका जमिनसम्बन्धी विवादलाई टुङ्गाउनुपर्ने बताएको समाचारमा उल्लेख छ । 

पुटिन र आवेबीच भौगोलिक सीमानाका बिषयमा यस पहिले पटक पटक छलफल भए पनि ती बैठकहरू विवाद अन्त्य गर्न असफल सिद्ध भएका थिए । एएनआई
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।