मंगलबार, असार ९, २०८३

विजयी भएपछि रविले भने- जाँच सुरुभयो, नतिजा ५ वर्षपछि आउनेछ

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले विजय र्‍याली नगर्ने भएका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

काठमाडौं- चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले विजय र्‍याली नगर्ने भएका छन्। उनले र्‍यालीको साटो आज ३ बजे भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे  इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे नै सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा धन्यवाद सभा गर्ने बताए। 

राजनीतिमा निर्वाचित हुनु भनेको विजयी नभई जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएको उनले प्रतिक्रिया दिएका छन्। 'म आजबाट जाँच दिन जाँदैछु। जसको नतिजा ५ वर्षपछि मात्र आउँछ। म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्न,’ उनले भने। 

उनले विजय सभामा फूलमाला अबिर खादा केही पनि नल्याउन आग्रह गरेका छन्। सभा हुने ठाउँहरूमा २ वटा बाकस हुने र एउटा बाकसमा समस्या र अर्को बाकसमा बाकसमा उजुरी, समस्या, सुझाव राख्न आग्रह गरेका छन्।

प्रकाशित: Nov 24, 2022| 13:18 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...