मंगलबार, असार ९, २०८३

कांग्रेसका महामन्त्रीद्वयलाई लोकप्रिय मत, एमाले र माओवादीका महासचिव जनमतबाट अस्वीकृत

चुनावी मैदानमा होमिएका ४ ठूला पार्टीका ६ महासचिव–महामन्त्रीमध्ये कोही जनमत परीक्षणमा सफल भए भने कोही नेतृत्वको भक्तिगान गाउँदाको परिणाम जनमत पाउन असफल रहे।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– ४ मंसिरमा मुलुकभर एकैसाथ सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। बिहीबार सवा १२ बजेसम्म निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मत परिणामअनुसार हालसम्म प्रतिनिधिसभामा विभिन्न पार्टीका ७३ उम्मेदवार विजयी भएका छन्।

National life

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा प्रमुख ४ पार्टीका ४ महासचिव÷महामन्त्री जनमत परीक्षणका लागि चुनावी मैदानमा उत्रिएका छन्। चुनावी मैदानमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उम्मेदवार रहेकामा दुवै जनमतको परीक्षणमा सफल भए। तर एमाले र माओवादी केन्द्रका दुई शक्तिशाली महासचिव पार्टी नेतृत्वका लागि लोकप्रिय रहे पनि जनताबाट भने परीक्षण हुन सकेनन्।

एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल दाङ २ बाट पराजित भए माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित हुनुपर्‍यो। राप्रपाका महामन्त्रीद्वय धबलशमशेर राणा र कुन्ती शाही पनि चुनावी मैदानमा उत्रिएका थिए। राणालाई जनमतले स्वीकारेको छ भने कुन्ती अस्वीकृत भएकी छन्। 

माओवादीका महासचिव देव गुरुङ
निर्वाचन आयोगका अनुसार झापा १ बाट कांग्रेस महामन्त्री शर्माले ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भए। उनले एमालेका अग्नि खरेललाई हराए। खरेलले २५ हजार ३४९ मत ल्याए। 

काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगन थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई पराजित गरे। थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत पाए। 

Shivam cement
चुनावी मैदानमा होमिएका ४ ठूला पार्टीका ६ महासचिव–महामन्त्रीमध्ये कोही जनमत परीक्षणमा सफल भए भने कोही नेतृत्वको भक्तिगान गाउँदाको परिणाम जनमत पाउन असफल रहे।

दाङ २ मा एमाले महासचिव शंकर पोखरेलले पनि पराजित भए। उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतले हराइन्। अध्यक्ष ओलीका प्रिय पात्र पोखरेललाई एमालेको भावी नेतृत्वका रूपमा हेरिँदै आएको छ। माओवादीकी शर्माले २६ हजार ८७७ मत प्राप्त गरिन् भने महासचिव पोखरेलले २६ हजार ६८१ मत ल्याए। 

लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जित हासिल गरेका छन्। नेकपा माओवादी केन्द्रको शक्तिशाली महासचिव देव गुरुङ जनमतबाट अस्वीकृत हुन पुगे। पृथ्वीसुब्बाले २७ हजार ६ मत प्राप्त गर्दा गुरुङले २४ हजार ७०८ मत ल्याए। गुरुङ केही महिनाअघि माओवादीमा अध्यक्षपछिको शक्तिशाली मानिने महासचिव बनेका थिए।  

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा
यस्तै, बाँके २ मा राप्रपाका महामन्त्री धबलशमशेर राणालाई पनि यस पटकको चुनावमा जनताले स्वीकारेका छन्। उनी २९ हजार ५७७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका इस्तियाक राईले २३ हजार ५२० मत ल्याए। राप्रपाकी अर्की निर्वाचित महामन्त्री कुन्ती शाही पराजित भइन्।

उनले दैलेख २ मा जम्मा ४ हजार ४३४ मत पाएर तेस्रो बनिन्। सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीका अमरबहादुर थापा विजयी भए। राजनीतिक नेतृत्वको भक्तिगान गाउने र जनमतलाई शिरोधार्य नगर्ने शक्तिशाली पार्टीका महासचिवलाई जनताले यस पटकको निर्वाचनमा हराएर सबक सिकाइदिएका छन्। 


प्रकाशित: Nov 24, 2022| 13:02 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...