मंगलबार, असार ९, २०८३

मकवानपुर १ मा राप्रपाका सिंहले पछि पारे डीनालाई

मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

मकवानपुर- मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका छन्।

National life

यसअघि तेस्रो स्थानमा रहेका सिंहले हेटौंडा बजार क्षेत्रको मत गणना थालेपछि अग्रता लिएका हुन्। उनले २३ हजार ३५८ मत प्राप्त गर्दै गरेका छन्। 

यसअघि पहिलो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ १८ मतले पछि परेकी छन्। उनले २३ हजार ३४० मत प्राप्त गरेकी छन्। एमालेको चुनाव चिह्न लिएर उम्मेदवार भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६५८ मत पाएका छन्। 

यस क्षेत्रमा मत ११ हजार ७३१ मत गणना गर्न बाँकी रहेको छ। हालसम्म ७९ हजार ७५५ मत गनिएको छ।

प्रकाशित: Nov 24, 2022| 12:03 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...