काठमाडौं– नेकपा एमालेले समानुपातिकतर्फको मत गणनामा ५ लाख ९ हजार ९८६ मत पाएको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ६१ हजार ५२० मत छ भने नेकपा माओवादी केन्द्रले २ लाख ३१ हजार ८८ मत पाएको छ।
यस्तै, राप्रपाले १ लाख ३६ हजार ७२८, जसपा नेपालले ५७ हजार २७१, नेपाल मजदुर किसान पार्टीले ४७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले ३३ हजार ६३८ मत पाएका छन्। जनमुक्ति पार्टीले ३३ हजार १०, नेकपा एकीकृत समाजवादीले ३२ हजार ७७९ र अन्य दलले १ लाख ११ हजार ४५० मत पाएका छन्।