कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका हुन्।
बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाएका छन्। नेकपा विघटन भएपछि माओवादीमा नर्फिकएर एमालेमा गएपछि सुदूरपश्चिम इन्चार्ज बनाइएका भट्ट ३ हजार ५८७ मतले पराजित भएका हुन्। भट्टलाई माओवादी र एमालेसँग चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीको सहयोग थियो।
भट्ट २०७४ को निर्वाचनमा माओवादीका तर्फबाट प्रतिनिधिसभामा विजयी भएका थिए। उनले कांग्रेस नेता सुनिलकुमार भण्डारीलाई झण्डै ११ हजार मतान्तरले पराजित गरेका थिए। उक्त निर्वाचनमा भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत पाएका थिए।